भावी योजना

  • यथासीघ्र संस्थाको शेयर पुँजी कम्तीमा २२ करोड रूपैयाँ पुर्‍याइने।
  • निक्षेप र कर्जाको व्याजदर समयानुकुल समायोजन हुनेगरी ब्याजदरको अन्तर कायम राख्दा सदस्य एवम संस्थाको पारिस्परिक हितलाई ध्यान दिदैँ यसको व्याजदरमा समयानुकुल परिमार्जन गर्दै लगिनेछ।
  • कर्जा असुली कार्यमा थप व्यवस्थीत गर्न आन्तरिक कार्यविधि बनाई आवश्यक जिम्मेवारी तोकी कर्जा असुलि कार्यलाई चुस्त बनाउने।
  • कम्प्युटर सफ्टवेयर अझ आधुनिकिकरण गर्न नयाँ सफ्टवेयर जडान गर्ने र कर्मचारीलई दक्षता अभिवृद्धिका लागि विषयगत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमको व्यवस्था गर्ने।
  • सदस्य सुचना सेवालाई अझ व्यवस्थित गरी संस्थाको गतिविधि, खाताको जानकारी, व्याजदर परिवर्तनको जानकारीको लागि छुटै प्रविधिको व्यवस्था गरी सो का लागि सुचना अधिकारीको व्यवस्था गर्ने। निजलाई नै कोपोमिश प्रणालीमा आवद्ध भए अनुसार नियमित रूपमा सूचना आदानप्रदान तथा रिपोर्टिङ्ग गर्ने कार्यको जिम्मेवारी दिने।
  • नगद कारोवार समय थप विस्तार हुने गरी नगद कारोबारको समय थप गरि सेवा प्रदान गर्ने।
  • कर्जा असुली कार्यलाई थप प्रभावकारी वनाउन कर्जा उपसमिति, कर्जा शाखा एवम बजारको शाखालाई थप व्यवस्थित गरी कर्जा असुली कार्यलाई थप प्रभावकारी बनाउने।
  • कर्जा लगानी गर्दा परियोजनाको सर्वपक्षिय अध्ययन गरी लगानी गर्ने कार्यका लागि छुट्टै समितिको व्यवस्था गर्ने।
  • कानुनी शाखाको व्यवस्था गरि लगानी कार्यमा कानुनी राय बमोजिम लगानी कार्य गर्ने।
  • आगामि दिनमा संस्थाको थप नाफा अभिवृद्धीका लागि लगानी गर्दा नाफामूलक परियोजना छनौट गरी लगानि गर्ने। लगानि गर्दा व्यावसायजन्य, उत्पादन मुलक क्षेत्रलाई उच्च प्राथमिकता दिने।
  • यस संस्थाको नारायणचौर नक्सालमा रहेको यस संस्थाको भवनसँगैको खालि जग्गालाई व्यावसायिक प्रयोजनमा ल्याउन आवश्यक कार्य गर्ने।
  • सहकारी शिक्षा सम्बन्धी जानकारी गराउन शेयर सदस्यहरूलाई अभिमुखिकरण तालिमको व्यवस्था गरी सहकारी शिक्षा सम्बन्धी जानकारी दिने।
  • सदस्य मुखि सेवा प्रदान गर्ने गरी संस्थाको हाल प्रदान गरेको नगद काउन्टरलाई थप गरी रेमिट सेवा, विमा रकम संकलन जस्ता सदस्य मुखि सेवा प्रदान गर्ने गरी थप आवश्यक काम गर्ने।
  • सामाजिक कार्य गर्न संस्थाको उद्देश्य अनुरूप अशक्त, वृद्ध, विपन्न, पिछडिएको वर्गको हित हुने गरी लगानीलाई पहिलो प्राथमिकता दिने।
  • संस्थागत सामाजिक भावना तथा उद्देश्य अनुरूप संस्थाकै नियमन र संचालनमा रहने गरी क्यापिटल फाउन्डेसनको स्थापना संगै कार्यान्वयनमा ल्याई कार्य नीति बनाई त्यसको व्यवस्थापन गरि थप क्रियाशिल बनाई सामाजिक कार्यमा परिचालन गर्ने।
  • औषधी उद्योगमा गरिएको लगानीलाई आवश्यक कार्य नीति बनाई त्यसको व्यवस्थापन गर्ने।
  • परियोजना तथा व्यवसायिकताको अध्ययन विश्लेषण गरि संस्थाको नाफा अभिवृद्धी गर्नका लागि छुट्टै कम्पनी खडा गरी लगानी गर्ने।
  • सुचना प्रविधिलाई अझ आधुनिकिकरण गर्दै सदस्यहरूको गुनासा एवम् सुझावलाई विचार गरी सिघ्र कार्यान्वयनमा ल्याउने।
  • आन्तरिक, बाह्य एवम् वृहत लेखा परिक्षण प्रतिवेदन, तात्कालिन डिभिजन सहकारी कार्यालय, सहकारी बिभागबाट दिइएका सुझाव तथा निर्देशन पालना गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने।
  • संस्थाको विनियम एवम् अन्य नियमावलीहरूलाई सहकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त मूल्य एवम मान्यता अनुसार आवश्यकीय पुर्नमार्जन,पुर्नलेखन एवम् व्यवस्थित गरी संस्थाको लगानि एवम् कर्जा असुली लगायतका विविध कार्यलाई थप टेवा पुग्ने गरी कार्य गरिनेछ।
  • संस्थाका सबै सदस्यहरूलाई अनिवार्य बचत खाता संचालन गर्न लगाई नियमित बचत गर्न थप प्रोत्साहन गर्ने।
  • कर्मचारीलई दक्षता अभिवृद्धिका लागि विषयगत तालिमको व्यवस्था गरी कार्य क्षमतामा अभिवृद्धि गर्ने।