सामाजिक काम

संस्थाले आफ्नो स्थापना दिवस अर्थात हरेक बैशाख १३ गते नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ। सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा सदैव जागरूक रहि रक्तदान जस्तो मानवीय पुण्य कार्यमा सरीक भई रक्तदान गरी सामाजिक योगदान पुर्‍याउनु हुने हाम्रा सम्पूर्ण सदस्य एवम् सम्पूर्ण रक्तदाता महानुभाव साधवादका पात्र हुनुहुन्छ।
संस्थाकासञ्चालक तथा कर्मचारीहरूद्वारा विभिन्न पटक बाग्मती नदी सरसफाई अभियानमा सरिक भै उक्त अभियानमा एक्यवद्धता जनाउँदै सामाजिक कार्यमा  योगदान पुर्‍याएको छ।विगत वर्षहरूबाट प्रदान गरिदै आएको क्यापिटल शैक्षिक सम्मान र नगद पुरस्कार प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइनुका साथै विगत वर्षबाट जुनसुकै विधामा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट १ जनालाई क्यापिटल सम्मान प्रदान गरिने कार्यको थालनी पनि गरिएको छ।

विगतदेखि गरिँदै आएको शेयर सदस्यहरू तथा कर्मचारी वर्गको बिमा निरन्तर गरिएको छ। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार शेयर सदस्यका छोराछोरीलाई विगत का वर्षहरू देखि दिंदै आएको छात्रवृत्ति पनि निरन्तर छ।

संस्थाले निसहाय, शारिरीक रूपमा कमजोर, अनाथ बालबालिकाको शैक्षिक गुणस्तरमा वृद्धि गर्न मासिक तथा पाक्षिक रूपमा खाजा तथा मसलन्द शुल्क प्रदान गर्दै आएको छ।